दशैंका लागि नयाँ नोट वितरण शुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशै‌ँ का लागि नयाँ नोट वितरण शुरु गरेको छ । केन्द्रीय बैंकले बालुवाटारस्थिति मुख्यालयबाट नयाँ नोट वितरण सुरु गरेको जनाएको छ ।

यसअघि केन्द्रीय बैंकले सर्वसाधारणलाई भदौ २९ गते देखि नयाँ नोट वितरण गर्ने बताए पनि २६ भदौबाटै नयाँ नोट वितरण सुरु गरिएको बैंकले जनाएको छ । आइतबार नयाँ नोट साट्न केन्द्रीय बैंक बालुवाटारमा सर्वसाधारणको लाइन लागेको थियो ।

यसपालि एक व्यक्तिले ५ देखि १०० रुपैयाँ दरका एक एक प्याकका दरले १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

गत वर्षको ७ अर्बको नयाँ नोट वितरण गरेको केन्द्रीय बैंकले यस वर्ष १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाले भने असोज सुरुबाट नयाँ सर्वसाधारणका लागि नयाँ नोट साट्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =