माकलबारी क्षेत्रकाे वाग्मती किनारमा भेटियो बेबारिसे शव
२०७९ भदौ २६ गते

तस्वीर सौजन्य:- गोकर्णेश्वर खबर
काठमाडौँ । काठमाडाैँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित माकलाबारी क्षेत्रको वाग्मती नदी किनारमा बेवारिशे शव फेला परेको छ ।
अन्दाजी २८-३० बर्षीय पुरुषको उत्तानो अवस्थामा रहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी वृत बौद्धका अनुसार शवको हालसम्म सनाखत भएको छैन ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लागिएको र थप अनुसन्धान जारी रहेको छ ।
२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








