‘साताका सात’ तस्बिर

पार्किङ बढाउँदै महानगर
राहदानी विभाग त्रिपुरेश्वरको भूमिगत पार्किङ क्षेत्र खाली गराउँदै महानगर प्रहरी ।

पीडाको आशु
मिटरब्याज पीडितहरूको ‘बालुवाटार मार्च’ कार्यक्रममा गीत गाउँदै गर्दा आशु झार्दै मिटरब्याज पीडित महिला ।

संस्कार
गोकर्णेश्वर महादेव मन्दिरमा बत्ती बालेर शिव आराधना गर्दै एक बालक ।

शिवजीलाई सन्देश
शिव मन्दिरमा रहेको नन्दीको कानमा सन्देश छाड्दै भक्तजन ! यसरी नन्दीलाई सन्देश छाड्दा शिवजी सम्म सजिलै पुग्ने जनविश्वास रहिआएको छ ।

असुरक्षित श्रम !
दरबार हाईस्कुलअघि सडक पार गर्दै ठेला मजदुर ! सवारी चाप बढी हुने यस्ता स्थानमा यसरी सडक पार गर्दा मजदुरहरू असुरक्षित हुने सम्भावना बढी हुन्छ ।

फुटपाथ व्यापारी प्रदर्शनमा
काठमाडौँ महानगरले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि व्यापारीहरू विरोधमा उत्रिन थालेका छन् ।

सेल्फी क्रेज
गोकर्णेश्वरमा ऋषिपञ्चमी पूजा गर्न आएकी एक महिला आफ्नो मोबाइलमा सेल्फी कैद गर्दै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =