पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्व

काठमाडाैँ । पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड फेरि  अवरुद्व भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो ।

च्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =