पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्व
२०७९ भदौ १६ गते

फाइल फाेटाे
काठमाडाैँ । पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड फेरि अवरुद्व भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो ।
च्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो ।
२०७९ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








