निर्वाचन आयोगमा एमालेको दल दर्ता नम्बर १०
२०७९ साउन २४ गते

काठमाडौँ । निर्वाचन आयोगमा एमालेले दल दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गराएको हो ।

निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको छ । ‘एमालेको दल दशौं नम्बरमा निर्वाचन आयोगमा दर्ता भएको छ,’ अधिकारीले भने, ‘दर्ता नम्बर ३८१ छ ।’
निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो । एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् ।
२०७९ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








