प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता
२०७९ साउन १६ गते

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । आइतबार बेलुका दुई बैंकबीच १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको हाे ।
सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् ।
यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभु बैंकका सीईओ अशोक शेरचन र सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने डेपुटी सीईओ बन्ने सम्झौता भएको बताइएकाे छ ।
२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








