२४ घण्टामा थप ४३८ जना कोरोना संक्रमित फेला, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ नमुना परीक्षण गर्दा ४३८ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७७९ पीसीआरमा २९२ र १ हजार ९२० एन्टीजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५८ हजार ५५९ जनाले खोप लगाएका छन् ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =