चितवनका दुई विद्यार्थीले ल्याए चार जिपिए

चितवन । चितवनका दुई विद्यार्थीले एसइई परीक्षामा चार जिपिए ल्याएका छन् ।
सामुदायिक विद्यालयमा अध्ययनरत १ र संस्थागत विद्यालयमा अध्ययनरत १ विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।

भरतपुर १० मा रहेको नारायणी नमुना माविका प्रशान्त अधिकारीले ४ जिपिए ल्याएका छन् । यस्तै संस्थागत विद्यालय वाल्मीकि शिक्षा सदन भरतपुरका सनिस सापकोटाले ४ जिपिए ल्याएका छन् ।

नारायणी नमुना माविले प्रशान्त नै सामुदायिक विद्यालयतर्फ चितवन जिल्ला पहिलो भएको दाबी विद्यालयले गरेको छ ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका ३ घर भएका अधिकारी नारायणी नमुना माविका मेधावी छात्रको रूपमा कहलिएका थिए । यसअघिका स्कुलका परीक्षामा पनि बर्सेनि पहिलो हुँदै आएका थिए ।

यस्तै, वाल्मीकि शिक्षा सदन प्रिन्सिपल प्रदीप पौडेलले चितवनको संस्थागत विद्यालयतर्फ सनिस सापकोटा नै पहिलो भएको दाबी गरे । यस अघि पनि वाल्मीकिबाट पाँच जना विद्यार्थीले ४ जिपिए ल्याएका पौडेलले बताए ।

उनले चितवनको संस्थागत विद्यालयमा ४ जिपिए ल्याउने विद्यार्थी सनिसलाई विद्यालयमा सम्मान गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *