काठमाडौँमा मोटरसाइकल र स्कुटर दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौँमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका ९ खुलालटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको हाे ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दीपक केसी छन् । साँखुबाट इन्द्रायणीतर्फ जाँदै गरेको केसीले चलाएको बा ५८प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँको सानोभर्याङमा गएराति स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनी रहेका छन् । वनस्थलीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे सडक डिभाइडरमा ठोक्किएको थियो । घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =