मृतक लोक गायिका दिलमायाको सल भेटियो

काठमाडौँ । लोक गायिका दिलमाया सुनारले ज्यान गुमाएको राती प्रयोग गरेको भनिएको सल भेटिएको छ। पासो बनाउन प्रयोग गरिएको भनेको उक्त सल कहा छ आफूलाई थाहा भएको दिलमायासँग सम्बन्धमा रहेका सूर्य श्रेष्ठले बताएका थिए । प्रहरीले उक्त सल सूर्य श्रेष्ठले बताएकै ठाउँमा भेटेको हो ।

उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले सूर्यलाई साथमा लिएर उनले भनेको ठाउँमा खोजी गर्दा उक्त सल भेटिएको हो ।

महाशाखाका एक अधिकारीका अनुसार दिलमायाको घाँटीमा पासो लगाउन प्रयोग भएको उक्त सल चक्रपथ, महाराजगन्जस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयनजिकै नालीमा भेटिएको हो।

सुर्खेतकी दिलमायाको शव शनिबार बिहान ११ बजे नेपालटारस्थित कोठामै भेटिएपछि प्रहरीले हत्या आशंकामा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो।

उनले दिलमायाले पासोका रुपमा प्रयोग गरेको भनिएको उक्त सल आफूले फ्याँकेको भनेकै ठाउँमा प्रहरीले भेट्टाएको हो । महाशाखाका एक अधिकारीका अनुसार भनेकै ठाउँमा सल भेटिए पनि सूर्यले दिलमायाको हत्या स्विकारेका छैनन् ।

अहिले उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। आफन्तहरु सुर्खेतबाट आउँदै गरेकाले पोष्टमार्टम भइसकेको छैन ।

लाइभ दोहोरीका कारण चर्चामा आएकी दिलमायाको शव कोठामा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो

सुरुमा आत्महत्या आशंकामा अनुसन्धान थालेको प्रहरीले घटनास्थलबाट उनले प्रयोग गर्ने मोबाइल फोन र झुन्डिन प्रयोग गरेको भनिएको सल फेला पार्न सकेको थिएन।

सुनारको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। उनले मोबाइलबारे केही नबताए पनि दिलमायाले झुन्डिन प्रयोग गरेको सल चक्रपथमा लगेर फ्याँकेको बताएका थिए।

अपराध महाशाखाका अनुसार कोठामा दिलमायाको मोबाइल र झुन्डिन प्रयोग भएको भनिएको सल नभेटिएपछि प्रहरीले आत्महत्याबाट हत्यातर्फ केन्द्रित भएर अनुसन्धान थालेको हो।
एक छोराकी आमा दिलमाया पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन्। चार छोराछोरीका बाबु सूर्य उनको कोठामा नियमित गइरहन्थे।

शुक्रबार राति पनि उनी दिलमायाको कोठामा पुगेको खुलेको छ। जहाँ छिमेकीहरूले शुक्रबार राति ११ बजेको समयमा ठूलो हल्ला भएको सुनेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =