सांसद जयन्तीदेवीद्वारा राष्ट्रियसभा बैठकमा महिला हिंसा अन्त्यको माग
२०७९ जेठ २५ गते

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आज बुधबार सांसद जयन्तीदेवी राईले देशैभरि भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्सर्ना गर्दै दोषीउपर कारबाही गर्न माग गरेकी हुन् । उनले भनिन्, “महिलाले कहिलेसम्म हिंसाको नामका ज्यान गुमाउनुपर्ने हो ? यस्ता घटनामा संलग्न व्यक्तिलाई सरकारले किन कारबाही गर्न सक्दैन ?”
साथै, सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई समेत कारबाहीको माग गरेका छन् ।
२०७९ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








