पानीको मुहान सफा गरेर मनाइयो सिथी नखः (तस्बिरहरू)

काठमाडौँ । आज नेवार समुदायमा सिथी नखः पर्व मनाइँदैछ । यसदिन विशेष गरी मास मुगीका बारा खाने र पानीका मुहान, इनार, ढुंगेधारा आदी सफा गरी यो पर्व मनाइन्छ । ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि अर्थात् कुमार षष्ठीका दिन मनाइने यो पर्व नेवारी संस्कृतिअनुसार वर्षको अन्तिम पर्व हो ।
हिन्दु धर्म अनुसार आज भगवान् कुमारको जन्म दिन समेत भएकाले नेवार समुदायमा यस दिन कुमारको पूजाआजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ ।
यसैपालि भित्र्याइएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी)समेत खाने गरिन्छ । यस दिन बारालगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ ।
तस्बिरहरूमा पाटन दरबार क्षेत्रमा रहेको मँग हिती सफा गर्दै स्थानीय :-










