पल शाहको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

काठमाडाैँ । नाबालिक बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह ‘पल’ को पक्षमा आज माइतीघरमा प्रदर्शन भएको छ ।

आफूलाई सामाजिक अभियान्ता बताउने समूह ‘हाम्रो टिम नेपाल’ले शुक्रवार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले पल शाह लाई न्याय दे, पुरुष अधिकार सुनिश्चित गर, आरोप लाउँदैमा दोषी मान्ने प्रथा बन्द गर, जस्ता नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।

बिहीवार मात्रै पाेखरा उच्च अदालतले शाहलाई थुनामै राख्न आदेश दिएकाे थियाे । यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुपर्क्षका लागि थुनामा पठाएकाे थियाे । शाहले जिल्लाकाे आदेशलाई चुनाैती दिँदै धराैटीमा छाेड्न दिएकाे पुनरावेदमा फैसला दिँदै उच्च अदालतले जिल्लाकै फैसला सदर गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =