गोकर्णेश्वरमा कांग्रेसको विजयी यात्रा शुरू, वडा नं ५ मा प्यानल नै विजयी
२०७९ जेठ २ गते

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा ४ वटा वडाको मतपरिणाम आउँदासम्म एउटा पनि वडामा प्रमुख पदमा जित निकाल्न नसकेको कांग्रेसले वडा नं ५ मा प्यानल नै जितेर विजयी यात्रा शुरू गरेको छ।
गोकर्णेश्वरको वडा नं ५ को अध्यक्षमा कांग्रेसका नारायण बहादुर सुवेदी प्यानलसहित नै विजयी भएका हुन्। गत ०७४ को चुनावमा वडा अध्यक्ष मात्र जितेको यस वडामा योपटक भने कांग्रेसले प्यानलसहित नै जित निकालेको छ। अहिले जितेका सुवेदीले ०७४ मा पनि वडा अध्यक्षमा जितेका थिए। यो जितसँगै कांग्रेसले मेयर र उपमेयरमा पनि प्रतिद्वन्द्वी एमालेका उम्मेदवारलाई पछि पारेको छ।
गोकर्णेश्वरमा ५ वटा वडाको परिणामआइसक्दा एमालेले १,२ र ३ वडामा, कांग्रेसले ५ वडामा प्यानल नै जितेको छ भने वडा नं ४ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









