भरतपुर महानगरमा रेनुलाई १४ मतले उछिन्दै सुवेदी अगाडि
२०७९ जेठ १ गते

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ७४७७ मत गणना हुँदा एमालेका विजय सुवेदी गठबन्धनकी रेनु दाहालभन्दा १४ मतले अगाडि देखिएका छन्।
महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले २६९३ मत पाएका हुन्। साथै, नेपाली कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले ८६३ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २९६५ मत प्राप्त गर्दा राप्रपाबाट हिमला गुरुङले २१४४ मत पाएकी छन्।
मतगणना जारी छ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









