‘साताका सात’ तस्बिर
२०७९ वैशाख ३१ गते
नमुना मतदान
काठमाडौँको कान्जिरोवा स्कुलले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा स-साना विद्यार्थीलाई निर्वाचन सम्बन्धी व्यवहारिक ज्ञान दिन नमुना मतदान सम्पन्न गरेको थियो ।
ओलीको काखमा दङ्ग
ललितपुरको जावालाखेलमा नेकपा एमालेले आयोजित चुनावी सभामा पूर्व प्रम एवम् एमाले अध्यक्ष केपी ओलीको काखमा दङ्ग पर्दै एक बालिका ।
रुजु
मत दिनुअघि मतदाता नामावलीमा नाम रुजु गरिँदै ।
चुनावी चटारो
मतदान केन्द्रमा मतपत्र पुर्याउँदै म्यादी प्रहरी ।
सुरक्षा जाँच
वैशाख ३० मा भएको स्थानीय निर्वाचनको दिन सवारी चेकजाँच गर्दै प्रहरी ।
हालियो भोट
स्थानीय निर्वाचन २०७९ मा मतदान गरिसके पछी मसी लागेको औला देखाउँदै मतदाता ।
व्हिल चेयरमा मत दिन जाँदै
स्थानीय निर्वाचन २०७९ मा काठमाडौँको वसन्तपुरमा अवस्थित मतदान केन्द्रमा आफ्नो मत दिन व्हिल चेयर मा जाँदै मतदाता ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित