कार्यकर्तालाई चितवन कांग्रेसकाे निर्देशन- पार्टी निर्णयभन्दा बाहिर नजानू

चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कांग्रेसका कार्यकर्ताहरूलाई पार्टी निर्णयभन्दा बाहिर नजान आग्रह गरेका छन् ।

उनले कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र र जिल्ला कार्यसमितिको निर्णयभन्दा बाहिर नजान कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले पार्टी निर्देशन भन्दा बाहिर गएर भेला, छलफल र गोष्ठी नगर्न निर्देशन दिएका हुन् । उनले भने, ‘कार्यकर्ता सन्तृुष्ट हुन सकेका छैनन्, तर पार्टीको निर्देशनअनुसार चल्नुपर्ने अवस्था हुन्छ, त्यहीअनुसार सबै कार्यकर्ताहरूलाई पार्टी निर्देशनभन्दा बाहिर नजान आग्रह गरेको छु ।’

उनले गठबन्धनभन्दा बाहिर जानसक्ने अवस्था नरहेको हुनाले केन्द्रको र जिल्लाको निर्णयलाई शिरोधार्य गर्न सबैमा आग्रह गरेका हुन् ।

सत्तारूढ गठबन्धनमा भरतपुर महानगरको नेतृत्व नेकपा माओवादीको भागमा परेपछि चितवनका कांग्रेस आक्रोशित भएका छन् । आक्रोशित मन मिलाउन सभापति खनाल मिलाउन लागेका छन् । चितवनका कांग्रेसमा असन्तुष्ट बढेको छ ।

याे पनिः कार्यकर्तालाई चितवन कांग्रेस सभापतिकाे निर्देशन – पार्टी निर्णयभन्दा बाहिर नजानू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =