चितवन सभापतिलाई काठमाडौँ डाकेर देउवाले भने, भरतपुरको मेयर छाेड्नैपर्ने देखियाे

काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाे चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई काठमाडाैँ बाेलाएका छन् ।

मंगलवार खनाललाई बालुवाटार बोलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनकाे ‘गिभ एण्ड टेक’का कारण भरतपुरकाे मेयर कांग्रेसले लिन नसक्ने जानकारी दिएका हुन् ।

गठबन्धन दलबीच नगर सिटका बारेमा समझदारी हुन नसकिरहेकाे बेला देउवाले चितवन सभापतिलाई काठमाडाैँ बाेलाई चितवनमा गठबन्धनकाे पक्षमा सकारात्मक माहाैल बनाउन समेत निर्देशन दिएका छन् ।

देउवाले खनालसँग भने, ‘काठमाडौँ, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो ।’

कुराकानीका सिलसिलामा खनालले देउवालाई भरतपुर छाेड्न नहुने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =