चितवन सभापतिलाई काठमाडौँ डाकेर देउवाले भने, भरतपुरको मेयर छाेड्नैपर्ने देखियाे
२०७९ वैशाख ६ गते

काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाे चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई काठमाडाैँ बाेलाएका छन् ।
मंगलवार खनाललाई बालुवाटार बोलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनकाे ‘गिभ एण्ड टेक’का कारण भरतपुरकाे मेयर कांग्रेसले लिन नसक्ने जानकारी दिएका हुन् ।
गठबन्धन दलबीच नगर सिटका बारेमा समझदारी हुन नसकिरहेकाे बेला देउवाले चितवन सभापतिलाई काठमाडाैँ बाेलाई चितवनमा गठबन्धनकाे पक्षमा सकारात्मक माहाैल बनाउन समेत निर्देशन दिएका छन् ।
देउवाले खनालसँग भने, ‘काठमाडौँ, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्यो ।’
कुराकानीका सिलसिलामा खनालले देउवालाई भरतपुर छाेड्न नहुने बताएका थिए ।
२०७९ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित









