पल शाहको बयान सकियो, बुधबार थुनछेक बहस हुने
२०७८ चैत २२ गते

काठमाडाैँ । बलात्कारको अभियोगमा जिल्ला अदालत नवलपुरमा उपस्थित गरिएका अभिनेता पल शाहको बयान सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँकाे हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत नवलपुर ल्याएर बयान लिइएकाे हाे । अदालतका इजलास अधिकारीले उनको बयान लिएका हुन् ।
बुधबार शाह विरुद्धको मुद्दाको थुनछेक बहस हुनेछ । उनीविरुद्ध नाबालिग बलात्कारकाे अभियाेग छ ।
२०७८ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








