‘शिरकाे फूल’ बजारमा (भिडिओसहित)
२०७८ चैत १७ गते

काठमाडाैँ । गायिका रेश्मा पुन मगरको नयाँ गीत ‘शिरको फूल’ बजारमा आएको छ । गीत काैडा भाकामा छ ।
सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाएकी रेश्मा दंग छिन् । प्रस्तुत गीतमा उनकै स्वर सुन्न सकिन्छ भने लेखु सहयात्रीको शब्द छ । गीतमा करणराज कार्कीको संगीत रहेको छ ।
मौसम हिमालीको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगर फिचर्ड छन् । यसअघि पनि रेश्माका केशरी बोलको कभर गीतलगायत, मलाई घाम जुन नि चाहिँदैन, म त पानी बादलुलगायत चर्चामा छन् ।
२०७८ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








