पुनः अपलोड गरेको २४ घण्टामै ‘पिर’ ट्रेन्डिङकाे १ नम्बरमा
२०७८ चैत ६ गते

काठमाडाैँ । प्रकाश सपुतकाे ‘पिर’ पुनः ट्रेन्डिङमा परेकाे छ ।
भिडिओमा रहेकाे दृश्यले गीत विवादित बनेपछि सपुतले युट्युबबाट भिडिओ हटाएर पुनः अपलाेड गरेका थिए ।
सपुतले भिडिओकाे एक दृश्यले गीत नै छाँयामा परेकाे भन्दै विवादित दृश्य सम्पादन गरी भिडिओ पुनः अपलाेड गरेका थिए ।
छाेटाे समयमै १० लाख पटकभन्दा धेरै हेरिएकाे र ट्रेन्डिङमा रहेकाे गीत हटाएका सपुले दर्शकहरूबाट पुनः पनि उस्तै साथ सहयाेगकाे अपेक्षा रहेकाे उल्लेख गरेका थिए । सपुतकाे अपेक्षाअनुसार नै गीत पुनः ट्रेन्डिङमा परेकाे हाे ।
२४ घण्टामै झण्डै १ लाख पटक हेरिएकाे पिर पुनः युट्युब ट्रेन्डिङकाे १ नम्बरमा पर्न सफल भएकाे हाे ।
२०७८ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








