भुपु पाण्डेको स्वरमा ‘ह्याप्पी होली…’ (भिडिओसहित)

काठमाडौँ । गायक भुपु पाण्डेको स्वरमा होली विशेष गीत ‘ह्याप्पी होली…’ सार्वजनिक भएको छ । राजेश अर्यालको शब्द रहेको गीतमा गायक पाण्डेले नै सङ्गीत गरेका छन् ।

गीतको म्युजिक भिडिओ निर्देशन र कोरियोग्राफी सुरजदेव कुसुम्याले गरेका छन् । भिडिओमा विजु पार्की, कविता नेपाली, गरिमा शर्मा, विना राउत, सरोज प्रजा, उषा उप्रेती, डिमोन क्षेत्री, प्रिन्स विश्वकर्मा, ऋचा थापा र विजय पुनको अभिनय रहेको छ ।

गीतमा होलीको रमाइलो र युवालाई लक्षित गरिएको गायक तथा सङ्गीतकार पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =