इन्स्पेक्टर पृथ्वी खनालकाे ‘बाटुली’सार्वजनिक
२०७८ चैत १ गते

काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर पृथ्वी खनालले नयाँ म्युजिक भिडिओ ‘बाटुली’ सार्वजनिक गरेका छन् ।
इन्स्पेक्टर खनालले आफ्नो युट्युब च्यानल पृथ्वी खनाल युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरेका हुन् ।
पिटर गुरुङकाे छायांकन तथा बिष्णुहरि तिमल्सिनाको सम्पादनमा रहेकाे बाटुलीकाे संगीत संयाेजन देबेश राई गरेका छन् । पृथ्वी खनालकै शब्द तथा स्वर एवं कथा निर्देशनमा बनेको बाटुलीमा खनाललाई पार्वती तमाङले बाटुलीको भूमिकामा साथ दिएकी छन् ।
भिडिओः
२०७८ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








