चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने

काठमाडौँ । सवारी चालक अनुमति पत्रको आवेदन संकलन मंगलबारदेखि बन्द हुने भएको छ ।

यातायात व्यवसथा विभागका अनुसार अनलाइनबाट प्राप्त आवेदनहरुलाई टुंगो लगाउनु पर्ने भएकोले मंगलबारदेखि नयाँ आवेदन संकलन बन्द गरिएको हो ।

अर्को सूचना नभएसम्मका लागि आवेदन संकलन बन्द रहने विभागले जनाएको छ ।

‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =