सुन आयातकाे सीमा केही दिनलाई मात्रै घटाइएकाे मन्त्री श्रेष्ठकाे भनाइ

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले दैनिक सुनको आयात घटाउने निर्णय केही समयका लागि मात्र भएको बताएका छन् ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको १९ औ साधारणसभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलको विषम परिस्थितिका कारण मात्रै सुन आयातलाई २० किलोबाट १० किलोमा सीमित गरिएको भन्दै केही समयपछि पुनः पहिलेजस्तै सुन आयात गर्न सकिने व्यवस्था गर्न पहलकदली लिने बताएका छन् ।

उनले सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि पनि सरकार प्रतिबद्ध रहेको धारणा राखे । मन्त्री श्रेष्ठले सुनचाँदी व्यवसायीको शान्ति सुरक्षामा सरकारको ध्यान गएको उल्लेख गरे ।

कार्यक्रममा संघका अध्यक्ष सुरेश शाक्यले सुनको आयात घटाउँदा सर्वसाधारणको माग बमोजिमको व्यवस्था गर्न नसकिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =