जग्गाको कित्ताकाट फुकुवा गर्न घरजग्गा व्यवसायीको माग
२०७८ फागुन २६ गते

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघले जग्गाको कित्ताकाट फुकुवा गर्न माग गरेको छ ।
संघका साधारणसभा कार्यक्रममा संघका अध्यक्ष इच्छा वाग्ले लगायत वक्ताले यस्ताे माग गरेका हुन् । वाग्लेले विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने माग गरे । त्यस्तै, हाउजिङ्ग प्लानिङ्गको प्रक्रिया सहज बनाउनु पर्ने, काठमाडौँ उपत्यकाबाहिरका ठाउँहरुमा पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने बताए ।
उनले घरजग्गा व्यवसायीको छाता संगठनको रुपमा महासंघ गर्नु पर्ने आवश्यकता समेत रहेको बताए ।
साधारणसभा कार्यक्रमा संघका उपाध्यक्ष विदुर धमला, उपाध्यक्ष दीपक कुँवर, उपाध्यक्ष भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले घरजग्गा व्यवसायबारे आआफ्ना धारणा राखेका थिए ।
२०७८ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित









