सुपारी, केराउ र मरिच आयात खुला, उद्योग विभागको सिफारिस चाहिने

काठमाडौँ । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग विभागको सिफारिसमा यस्ता वस्तु औद्योगिक प्रयोगका लागि ल्याउन पाउने गरी सरकारले यी वस्तुको खुला गरेको हो ।

बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले यी वस्तुको आयात खुला गरेको हो । सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो ।

नेपालमा आयात गरिएका यी वस्तु भारततर्फ निर्यात हुन थालेपछि सरकारले रोक लगाएको थियो । तर, यस्तो वस्तुको आयात खुलाउनु पर्ने भन्दै उद्योगी व्यवसायीले माग गर्दै आएका थिए ।

नेपाल आएका यस्ता बस्तु भारततर्फ नजाउन् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यविधि बनाएको छ । उक्त कार्यविधि लागू गरिए यस्ता बस्तु पुनः भारत जान रोकिने छन् ।

तर, उद्योग मन्त्रालयको तजबिजमा यस्ता वस्तुको आयात खुलाउँदा मान्त्रालयले तजबीजी अधिकारीको दुरुपयोग गर्ने, यस्ता वस्तुको आयात बढ्ने र विदेशी मुद्राको सञ्चिती र व्यापार घाटा अझ बढ्ने चिन्ता समेत जानकारहरूले व्यक्त गरिरहका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =