युइएफए च्याम्पियन्स लिग

पीएसजीलाई पराजित गर्दै रियल म्याड्रिड क्वाटरफाइनलमा

काठमाडौँ । रियल म्याड्रिडले सानदार पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ३-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो ।

पीएसजीमाथि सानदार जित हासिल गर्ने क्रममा रियल म्याड्रिडका लागि फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक गरे । १-० गोल अन्तरले पछि परेको रियलका लागि खेलको ६१औँ, ७६औँ र ७८औँ मिनेटमा गोल गर्दै बेन्जमाले आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

यसअघि पीएसजीका लागि केलियन एमबाप्पेले खेलको ३९औँ मिनेटमा गोल गरेका थिए । यस जितसँगै रियलले क्वाटरफाइनलमा स्थान पक्का गर्दा पीएसजी भने राउन्ड अफ १६ बाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =