नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, ३ जनालाई ११ कित्ता

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

गोलाप्रथाबाट भएको बाँडफाँटमा ७७ हजार ४५६ जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । यस मध्ये ३ जनाले ११/११ कित्ता र अन्य सबैलाई १०/१० कित्ता आईपीओ प्राप्त गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

२५ लाख २७ हजार १०१ जना आवेदकले आवेदन दिएकोमा २५ लाख २२ हजार ९५५ जना आवेदक योग्य ठहरिएका थिए ।

नेष्डोले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेकोमा ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । सर्वसाधारणलाई ७ लाख ७४ हजार ५६३ कित्ता छुट्याईएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =