रुस–युक्रेन युद्ध : विश्व बजारमा तेलको मूल्य २००८ पछिकै महँगो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य १३९ डलर प्रतिब्यारेल पुगेको छ । यद्यपी, यो केही घटेर फेरि १३० डलर प्रतिव्यारेल पुगेको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि तेलको आपूर्ति बन्द हुने आशंकाबा बीच ऊर्जा बजारमा पनि हाहाकारको अवस्था सिर्जना भएको छ ।
सोमबार एसियाली सेयर बजारमा मन्दी देखिएको छ । जापानको निक्केइ र हङकङको हेङसेङ सूचकांकमा तीन प्रतिशतसम्मको गिरावट देखिएको छ ।
भारतीय सेयर बजारमामा पनि युक्रेन संकटको गम्भीर असर देखिइरहेको छ । सोमबार मुम्बई स्टक एक्सचेन्जको सेंन्सेक्समा करिब १५०० अंकको गिरावट आएको छ ।
नेपालको सेयर बजार (नेप्से)मा समेत आइतबार ३ अंकको गिरावट आएको थियो भने सोमबार झिनो अंकले मात्रै बढेको छ । कारोबार रकम हेर्ने हो भने मुस्किलले साढे २ अर्बको कारोबार भएको छ ।
आइतबार अमेरिकी विदेश मनत्री एन्टोनी ब्लिंकनले भनेका थिए कि बाइडेन प्रशासन तथा उनका सहयोगी देशहरु रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका छन् ।
यसपछि अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष नेन्सी पेलोसीले भनिन्– प्रशासन रुसी तेल आयातमा प्रतिबनध लगाउन कानुन ल्याउने बारे विचार गरिरहेको छ । अमेरिकी संसदले यो साता युक्रेनलाई १० अर्ब डलर सहयोग दिने घोषणा गर्न सक्ने समेत उनले बताइन् ।
अझै कडा प्रतिबन्धको घोषणा हुन सक्ने
एक पत्रमा नेन्सी पेलोसीले भनेकी छन्– ‘अहिले सदनले यस्तो कठोर कानुनको विषयमा विचार गरिरहेको छ कि जुन कानुनले विश्वकै अर्थव्यवस्थाबाट रुसलाई अलग गर्न सक्छ ।’ उनको यो भनाइ यस्तो समयमा आयो कि जब युक्रेनमाथि आक्रमणपछि रुसमा कडाभन्दा कडा प्रतिबन्ध लगाउन अमेरिकासहित पश्चिमा देशमाथि दबाब बढिरहेको छ ।
रुसमाथि लगाइने नयाँ प्रतिबन्धले संभवत विश्वको अर्थ व्यवस्थामाथि ठूल्ठूला परिणामहरु देखिन सक्ने छ ।
युक्रेनमाथि रुसको आक्रमणपछि विश्व बजारमा तेलको मूल्य बढ्ने खतराका कारण नै गएको साता कच्चा तेलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो । अहिले विश्वकै उपभोक्तामाथि हाल बढ्दो मूल्यको मार पर्ने खतरा देखिन थालेको छ ।
अमेरिकाले भनेको छ कि उसले रुसबाट हुने तेल(पेट्रोलियम)को आयातमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । यसपछि तेलको मूल्य आकाशिएको छ । वर्ष २००८ पछि तेलको मूल्य अहिले सबैभन्दा बढी पुगेको छ ।
पेट्रोको मूल्य वृद्धि तीव्र
आइतबार अमेरिकी अटोमोबाइल एशोसिएसनले भनेको थियो– अमेरिकी पेट्रोल पम्पमा गत साता तेलको मूल्य ११ प्रतिशतले बढ्यो जुन २००८ पछिकै उच्च हो ।
रोयल अटोमोबाइल क्लब(आरएसी)का अनुसार पेट्रोलको औषत मूल्यमा १.५० पाउन्डको बढोत्तरी भएको छ ।
यसबीच युद्धका कारण बढेको ग्यासको मूल्यले पनि उपभोत्तामाथि अझ चिन्ता थपेको छ । ब्रिटेनका आम मासिनको बिजुलीको बिल अब ३ हजार पाउन्डसम्म पुग्न सक्ने अनुमानसमेत हुन थालेको छ ।
रुसको तर्फबाट हुने आपूर्तिमा कमी आउने आशंकाका बीच हाल युरोप तथा ब्रितेनमा ग्यासको मूल्यले नयाँ उचाईको रेकर्ड बनाएको छ ।
रुससँग कच्चा तेल किन्न बाध्य कम्पनी
आइतबार ऊर्जा क्षेत्रको विशिष्ट कम्पनी ‘सेल’ ले युक्रेन आक्रमणको बाजजुद पनि रुससँग कच्चा तेल किन्ने आफ्नो निर्णय सही रहेको बताएको छ । कम्पनीले एक घोषणामा भनेको छ कि कुनै बिकल्न नरहेपछि शुक्रबार उसले रुससँग कच्चा तेल किनेको छ ।
युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले ऊर्जा कम्पनीमाथि चोटिलो टुवीट गर्दै भनेका छन्– के रुसको तेलबाट तपाईलाई युक्रेनीको रगतको गन्ध आउँदैन ?
भारतमा तेलको मूल्य पछिल्लो केही सातादेखि स्थिर रहेको छ । पाँच राज्यमा हुन लागेको चुनाबका कारण तेलको मूल्य स्थिर भएको हो । कयौँ बजार विश्लेषकका अनुसार युक्रेन संकटको जुन असर सेयर बजारमाथि देखिइरहेको छ यो तेलको मूल्यमा पनि देखिने छ ।
आउँदा दिनमा भारतमा पेट्रोल–डिजल तथा ग्यासको दाम बढ्ने सक्ने छ । यसले अन्य धेरै वस्तुको समेत मूल्य बढाउने छ ।
रुससँग सम्बन्ध तोड्दै कम्पनीहरु
युक्रेनमाथि रुसले हमला गरेपछि विश्व ब्रान्ड कम्पनीहरुले रुससँग सम्बन्ध तोड्न थालेका छन् ।
गएको साता भिडियो सेयरिङ एप टिकटकले रुसलाई लाइभस्ट्रिम तथा नयाँ कन्टेन्ट हाल्न रोक लगाइदिएको छ । फेक न्युजमाथि कारवाही गर्न रुसले बनाएको नयाँ कानुनका कारण आफूले रुसमाथि यस्तो रोक लगाएको टिकटकले भनेको छ ।
त्यस्तै, ओटीटी कम्पनी नेटफिक्सले पनि युक्रेनमाथि आक्रमणका कारण उसले रुसमाथि आफ्नो सेवा बन्द गर्ने जनाएकाे छ ।
भिजा, मास्टरकार्डले पनि रुसमा सेवा दिन बन्द गरिदिएको छ । (बीबीसी हिन्दीबाट)









