साढे चार करोड भन्सार छली अभियोगमा चारजनालाई मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले छन्सार महशुल छलेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले पर्सा पटेर्वा घर भएका बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरीका काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवाका काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको जनाएको छ ।

उनीहरुले ४ करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा विभागले मुद्दा दायर गरेको हो ।

विभागका अनुसार उनीहरुले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।

विभागले बख्रेल र पन्तसँग जनही रु १ करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग रु १ करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग रु ७ लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =