इंग्लिस प्रिमियर लिग

म्यानचेस्टर डर्वीमा सिटीको रवाफ

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्वीबीच भएको भिडन्तमा सिटीले युनाइटेडमाथि रवाफिलो जित निकालेको छ । शीर्ष स्थानको सिटीले युनाईटेडलाई ४-१ ले पराजित गर्दै उपाधि होडमा पुन दोस्रो स्थानको लिभरपुलसँग ६ अंकको अंक दुरी बनायो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको सिटीका लागि केभिन डि ब्रयनेले उत्कृष्ट प्रदर्शन गरे उनले २ गोल गरेका थिए। बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै ५ औ मिनेटमानै पहिलो गोल गरेका डि ब्रुयनेले २८ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाए । त्यसअघि युनाईटेडले सान्चोको गोलमार्फत २२ औ मिनेटमा खेल बराबरीमा ल्याएको थियो। पोग्बाको पासलाई सान्चोले सदुपयोग गरेका थिए ।

पहिलो हाफमा २-१ ले अघि रहेको सिटीले दोस्रो हाफमा थप २ गोल गरेको थियाे थप दुई गोल रियाद महरेजको नाममा रह्यो । महरेजले ६८ औ मिनेटम् डि ब्रयनेकै पासलाई सदुपयोग गर्दै टीमालई ३-१ को अवस्थामा पुर्‍याउँदा उनले अर्को गोल निर्धारित समयको अन्तिम मिनेटमा सम्भव बनाए । गुन्डोगानको पासलाई उनले सदुपयोग गरेका थिए ।

जितपछि सिटीको २८ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानको लिभरपुल २७ खेलबाट ६३ अंकका साथमा दोस्रो स्थानमा रहँदा चेल्सी २६ खेलबाट ५३ अंकका साथमा रहेको छ । युनाईटेडलाई पछि पार्दै आर्सनल चौथो स्थानमा उक्लिन सफल भयो । २५ खेल खेलेको आर्सनलको ४८ अंक छ ।

आइतबार रातिनै भएको खेलमा आर्सनलले वार्टफोर्डलाई ३-२ ले पराजित गर्दै चौथो स्थानमा रहन सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =