सुनको मूल्य तोलाको १ लाख नजिक

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ रहेको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =