चेल्सी, लिभरपुल र साउथह्याम्टन एफए कपको क्वाटरफाइनलमा

काठमाडौँ । चेल्सी, लिभरपुल र साउथह्याम्टन एफ एकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब लुटन टाउनलाई ३-१ ले पराजित गर्दा लिभरपुलले नर्विच सिटीलाई २-१ तथा साउथह्याम्टनले वेस्टह्यामलाई ३-१ ले पराजित गर्दै एफएम कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाए ।
घरेलु मैदानमा लिभरपुलले नर्विच विरुद्ध पहिलो हाफमा गरेको दुई गोल जितका लागि पर्याप्त बनेको थियो । लिभरपुलको जितमा दुवै गोल जापानी खेलाडी टाकुमी मिनामिनोको नाममा रह्यो । लिभरपुलले २७ औ मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल ३९ औँ मिनेटमा सम्भव बनाएका थिए। दोस्रो हाफको ७६ औ मिनेटमा नर्विचले एक गोल फर्काएको थियो ।
बुधबारनै भएको खेलमा चेल्सी भने लुटनसँग प्रतिस्पर्धात्मक खेलमा विजयी भयो । खेल सुरु भएको दोस्रो मिनेटमानै रेसी बर्करको गोलमार्फत लुटनले अग्रता लिएको थियो । तर लुटनलाई १४ औ मिनेटमा गोलरक्षक जेड स्टीर घाइते भएपछि केहि दबाब बढेको थियो। चेल्सीले २७ औँ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि सउल निगुएजले गोल गरेका थिए । तर पुन लुटनले ४० औ मिनेटमा अग्रता लियो । ह्यारि कर्नीकले लुटनलाई अग्रता दिलाएसँगै पहिलो हाफमा लुटनले २-१ ले अघि रह्यो ।
तर दोस्रो हाफमा चेल्सी पुन खेलमा फर्कियो । ६८औँ मिनेटमा टीमो वेरनरले रुवेत लोट्सको लामो पासलाई सदुपयोग गर्दै खेल २-२ को बराबरीमा ल्याए टीमका लागि निर्णायक गोल भने रोमेलु लुकाकुले ७८ औँ मिनेटमा गरेका थिए ।
त्यस्तै अर्को खेलमा साउथह्याम्टनले वेस्टह्यामलाई ३-१ ले पराजित गर्दा साउथह्याम्टनको जितमा रोमेइन पेराउड, वार्ड प्रउज र अर्मान्डो ब्रोजाले गोल गरे नर्विचका एन्टोनियोले एक गोल फर्काएपनि सान्तवना गोलका रूपमा रह्यो ।








