आइएमईको ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक

काठमाडौँ । आइएमईले बैंक डिपोजिटलाई लक्षित गरि होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ। सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ सम्म एक महिनासम्म कायम रहनेछ।

‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

अफर अन्तर्गत नेपालभरि जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन पाँच जनालाई एक हजार र हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीलाई २५ हजार तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्शाउँदै आएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् ।

आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =