गोरखामा आजदेखि मेयर भेट्रान्स कप फुटबल

पोखरा । गोरखामा आयोजना हुँदै आएको भेट्रान्स कप अन्तर्गत दोस्रो इभेण्ट आजदेखि शुरु हुँदैछ । दोस्रो मेयर भेट्रान्स कप फुटबल कृत्रिम घाँसे मैदानमा आयोजना हुन लागेको हो ।

द ओसन क्लवले आयोजना गरेको प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी मात्रै खेल्न पाउने छन् । प्रतियोगिता २० गते सकिनेछ । प्रतियोगितामा चितवन, तनहुँ, कास्की, बारा, लमजुङ, नुवाकोट, झापा, नवलपुर, स्याङजा, काठमाडौको र गोरखा गरी १२ जिल्लाका १६ टिमको सहभागिता रहने अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले नगद ५० हजार पाउनेछन् भने उत्कृष्ट खेलाडी समेत सम्मानित हुनेछ । गोरखा नगरपालिकाको सहयोग र सुरेन हर्ट प्रालीको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =