‘अमेरिकाले ११ बुँदे नमाने एमसीसी खारेज हुन्छ’

काठमाडाैँ । मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ११ बुँदे व्याख्यात्मक घाेषणा अमेरिकाले नमाने एमसीसी खारेज हुने बताएका छन् । साेमबार खुमलटारमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्ताे बताएका हुन् । ‘एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो होइन,’ उनले भनेका छन्, ‘यसलाई अमेरिकाले मान्नैपर्छ । यदि नमानेमा एमसीसी सम्झौता नै खारेज हुन्छ ।’

उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको पनि बताएका छन् । ‘यसले कानूनी मान्यता पाउँछ,’ उनले भने, ‘ यो महाकाली सन्धिको प्रस्तावना जस्तो होइन । हाम्रो व्याख्याले कानूनी मान्यता पाउँछ । अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ । अमेरिकी दूतावास पनि यसमा सकारात्मक छ ।’

एमसीसी पारित भएपछि आफूलाई ‘डबल डीलर’ जस्ताेगरी प्रस्तुत गरिएकाे पनि उनले बताए । ‘मत भिलेनजस्तो भएछु, डबल डीलरजस्तो भएँ,’ प्रचण्डले भने, ‘मेरो चाहना राष्ट्रिय सहमति बनोस् भन्ने थियो । तर एमालेले, केपी ओलीले १४ सांसद हटाउनु, सभामुख हटाउनु भनेर रटान लगाइरह्यो । त्यसकारण राष्ट्रिय सहमति जुट्न सकेन ।

यस्तै उनले एमसीसी पारित हुँदा आफूलाई खुसी लागेकाे बताए । ‘एमसीसी पारित हुँदा मलाई खुसी लागेकाे छ,’ प्रचण्डले भनेका छन्, ‘अब याे एउटा आर्थिक सहायताकाे रूपमा मात्रै नेपालमा लागू भएकाे छ ।’

यसअघि फागुन १५ गते एमसीसी संसद्‌बाट पारित हुँदा ११ बुँदे व्याख्यात्मक घाेषणासमेत पारित भएकाे छ । एमसीसीमाथि सरकारले ल्याएकाे व्याख्यात्मक घाेषणा अमेरिकाले मानेकाे खण्डमा मात्रै एमसीसी नेपालमा लागू हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =