एमसीसी पारित हुँदा खुसी छु, देश दुर्घटनाबाट बच्याे : प्रचण्ड (भिडिओसहित)

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्यताले आफ्नाे पार्टी एमसीसीकाे पक्षमा उभिएकाे बताएका छन् । एमसीसी नेपालकाे संसद्‌बाट पारित भएपछि प्रचण्डले यस्ताे बताएका हुन् । आफ्नाो निवास खुमलटारमा आइतबार पत्रकार सम्मेलन गरि  प्रचण्डले भने— ‘याे गठबन्धन टुट्याे भने धेरै खतरा देखेँ, त्यसैले हामीले एमसीसी स्वीकार्‍याैँ ।’

यस्तै उनले एमसीसी पारित हुँदा आफू खुसी रहेकाे बताएका छन् । ‘एमसीसी पारित भएकाे छ, म खुसी छु,’ प्रचण्डले भने, ‘देश बच्याे । याे अब खाली एउटा विकास आर्थिक सहायता भएकाे छ ।’

उनले एमसीसीका कारण दलहरूबीच ध्रुबिकरण मात्र नभइ तल्लो तहसम्म नै विभाजन बढ्दै गएकाे र यसले अहिलेको गठबन्धनलाई मात्र नभइ नेपालको संविधान र शान्ति प्रकृयापछिका पूरा गर्नुपर्ने कार्यभार समेतलाई प्रभावित पार्ने देखेपछि एमसीसीबारे ब्याख्यात्मक टिप्पणीसहित पारित गर्ने बाटो अपनाएको प्रचण्डको भनाइ छ ।

उनले यो बाटो अपनाउनु अघि अन्तराष्ट्रिय कानूनका प्राध्यापक डा. सुर्यराज सुबेदी तथा कुटनीति र अन्तरराष्ट्रीय कानूनका विज्ञ डा. अर्जुनबहादुर थापासँग परामर्श गरेको पनि बताए ।
अमेरिकाले ब्याख्यात्मक घोषणालाई नमाने एमसीसी अघि नबढ्ने भन्दै उनले घाेषणामा अमेरिकाकाे पनि सकारात्मक धारणा रहेको आफूले पाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =