बेन्जेमाको गोलमा रियल म्याड्रिडको जित

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई उसैको मैदानमा १-० गोलले पराजित गरेको छ ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे । बेन्जेमाले ८३औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै रियलले शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ । रियलको २६ खेलबाट ६० अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको सेभियाको ५१ अंक छ । पराजित रायो भालेकानो ३१ अंकसहित १२औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =