फ्रेन्च लिग वान
पीएसजीको जितमा एमबाप्पेको दुई गोल
२०७८ फागुन १५ गते

काठमाडाैँ । फ्रेन्च लिग वानअन्तर्गत पीएसजीले सेन्ट एटिएनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले एटीएनलाई ३-१ ले पराजित गरेको हो ।
पीएसजीको जितमा किलियन एमबाप्पे दुई गोल गरेका थिए भने एक गोल डानिलो परेराले गरेका थिए । एमबाप्पे खेलको ४२औं र ४७औं मिनेटमा गोल गर्दा डानिलोले खेलको ५२औं मिनेटमा गोल गरेका थिए ।
एटीएनका लागि डेनिस बोउअंगाले एक गोल गरेए । यो जितपछि शीर्ष स्थानमा रहेको पीएसजीले लिगमा आफ्नो अग्रता बढाएको छ । हाल २६ खेलमा ६२ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजी दोस्रो स्थानमा रहेको निस भन्दा १६ अंकले अगाडी रहेको छ ।
सेन्ट एटीएनको भने २६ खेलमा २२ अंक छ र लिगमा १६औं स्थानमा रहेको छ ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








