सहिद स्मारक ‘ए’ डिभिजन लिग : प्रतियोगिताका अन्तिम चरणका खेल शुरू हुँदै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका अन्तिम चरणका खेलहरू शुक्रवार बाट शुरू हुँदै छन्। प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितिसकेको छ भने  रेलिगेसनमा पर्ने दुई क्लबको तय भइसकेकाले अन्तिम चरण अंक तालिका सुधार र सुखद अन्तका लागि क्लबहरूले प्रतिस्पर्धा गर्ने छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल यूथ क्लबले संकटासँग प्रतिस्पर्धा गर्दैछ। दिउँसो १ बजे हुने खेलमा जावलाखेल प्रतियोगितामा तीन अंक जोड्दै लिगको सुखद अन्तको प्रयासमा हुँदा संकटा भने अंक तालिका सुधार्दै शीर्ष चारको लक्ष्यमा हुने छ।

जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ। संकटा १२ खेलमा १५ अंक जोडेर सातौँ स्थानमा रहेको छ। त्यसैले संकटा आफ्नो अन्तिम खेलमा तीन अंक जोड्दै सक्दो माथि रहने प्रयास गर्नेछ। साथै अन्तिम खेललाई सुखद बनाउने लक्ष्य दुवै टीमको हुनेछ।

त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा थ्री स्टारले रेलिगेसन परिसकेको ब्रिगेड ब्वाइजसँग खेल्दैछ। दिउँसो १ बजे शुरू हुने खेलमा  थ्री स्टार पनि आफ्नो अन्तिम खेल सुखद बनाउने प्रयास गर्ने छ। ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औँ स्थानमा रहँदै रेलिगेसनमा परिसकेको छ।

थ्री स्टार भने १२ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। थ्री स्टार पनि लिगको सुखद अन्त सँगै अंक तालिका सुधारको प्रयासमा हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =