बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा

काठमाडाैँ ।  स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको प्रि-क्वाटरफाइनल प्रवेश गरेको छ । च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिएपछि युरोपा लिगमा धकेलिएको बार्सिलोनाले बिहीबार राति भएको दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ४-२ ले पराजित गर्दै समग्रमा ५-३ को जित निकाल्न सफल भयो ।

पहिलो लेगमा १-१ गोलको बराबरी भएको खेलमा दोस्रो लेगमा भने बार्सिलोनाले प्रभावशाली प्रदर्शन गर्‍यो । बार्सिलोनाका लागि जोडि अल्बाले ८ औ मिनेटमा पहिलो गोल गर्दे टीमालाई अग्रता दिलाएका थिए। खेलमा दोस्रो गोल फ्र्यान्कि डि जोङको नाममा रह्यो । उनले १३ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाए ।

बार्सिलोनाविरुद्ध खेलमा फर्किने प्रयासलाई कायम राख्ने क्रममा नापोलीका लोर्नेजो इन्सिंग्नीले पेनाल्टीमार्फत खेल २-१ को अवस्थामा ल्याए । तर पहिलो हाफमानै खेलमा फराकिलो अग्रता बनाउने क्रममा जेराड पिकेले टीमका लागि तेस्रो गोल रह्यो ।

पहिलो हाफमा ३-१ को अग्रता बनाएको बार्सिलोनाका लागि चौथो गोल पिएरा एमरिक औबमेयाङको नाममा रह्यो । मटेओ पोलीसानोले अन्तिम समयमा गोल फर्काए पनि त्यसले टीमको हार टार्न सकेन ।

खेलअघि दुवै टीमले ‘स्टोप वार’ लेखिएको ब्यानर देखाएका थिए । बुधबारदेखि रसियाले युक्रेनमा आक्रमण सुरु गरेपछि खेलाडीहरूले युद्ध रोक्न आग्रह सहित ब्यानर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =