युरोपा लिगबाट डर्टमन्ड बाहिरियो

काठमाडौँ । युरोपा लिग फुटबलको अन्तिम १६ पुग्न जर्मन जाइन्ट बौरुसिया डर्टमन्ड असफल भएको छ।  बिहीबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्ससँग पराजित हुँदै डर्टमुन्ड युरोपा लिगबाट बाहिरिएको हो।

दोस्रो लेगमा रेन्जर्ससँग डर्टमन्डले २-२ गोलको बराबरी खेले पनि प्रतियोगिताबाट बाहिरिन पहिलो लेगको खेल नै महत्त्वपूर्ण बन्यो। रेन्जर्सले ६-४ को जित निकाल्दै प्रि- क्वाटरफाइनलमा स्थान बनायो। पहिलो हाफमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै २-१ को अग्रता बनाए पनि डर्टमन्डले दोस्रो हाफमा अग्रता गुमाउँदा खेल बराबरीमा आएको थियो।

जेम्स ताभेरनियरले पेनाल्टीमार्फत रेन्जर्सलाई सुरुवाती अग्रता दिलाएका थिए। २२ औँ मिनेटमा अग्रता बनाए पनि त्यसपछि भने डर्टमन्ड खेलमा फर्कियो। जुड बेलिङघाम र डोनयल मलेनले गोल गर्दै पहिलो हाफमा नै टीमलाई अग्रता दिलाए।

बेलिङघामले ३१ औँ मिनेटमा खेललाई बराबरीमा ल्याउँदा मलेनले ४२ औँ मिनेटमा खेलमा अग्रता बनाएका थिए। तर रेन्जर्सलाई बराबरीमा ल्याउने क्रममा खेलको ५७ औँ मिनेटमा ताभेरनियरलेनै गोल गरेका थिए। यसअघि पहिलो लेगमा डर्टमन्ड ३-२ ले पराजित हुन पुगेको थियो। जुन हार नै उसका लागि प्रतियोगिताबाट बाहिरिनका लागि पर्याप्त बन्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =