भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख मात्रा खोप उपहार

काठमाडाैँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरूप प्रदान गरेको छ ।

नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे ।

भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरूप प्रदान गरेको हो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *