च्याम्पियन्स लिग

पहिलो लेगमा एट्लेटिको र युनाइटेडको बराबरी

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पाहुना टोली म्यानचेस्टर युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको छ ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले सुरुवातमानै खेलमा अग्रता लिएपनि अन्तिम समयमा म्यानचेस्टर युनाईटेडले बराबरी गोल फर्काउँदै संभावित हार टारेको थियो । बुधबार राति एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा ७औँ मिनेटमानै घरेलु टोलिले अग्रता लिएको थियो ।

जोआओ फ्लिक्सले लोडी डोस सान्तोषको पासमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । अधिकासं समय अग्रता बनाएको एटलेटिको ८०औँ मिनेटमा गोल खान पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =