त्रिभुवन आर्मी क्लबले निकाल्याे पाँचौँ जित

काठमाडाैँ । सहिद स्मारक ए डिभिजन लिगमा विभागिए टिम त्रिभुवन आर्मी फुटबल क्लवले पाँचौँ जित निकालेको छ ।

यो जितसँगै आर्मी दोस्रो स्थानमा उक्लिएको छ । संकटाको पछिल्ला पाँच खेलमा यो तेस्रो हार हो । दशरथ रंगशालामा भएको खेलमा आर्मीले संकटालाई तीन एक गोल अन्तरले हरायो । खेलको १५ औं मिनेटमा संकटाले खेलमा अग्रता बनायो । उसका लागि उत्तम राईले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो ।

६० औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टिमलाई एक एक गोलको अवस्थामा पुर्याए । त्यसपछि ७४ औं मिनेटमा आर्मीले खेलमा अग्रता बनायो । उसका लागि जर्ज प्रिन्स कार्कीले उत्कृृष्ट फिनिस गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ८६ औं मिनेटमा आर्मीले तेस्रो गोल गर्यो । उसका लागि टेकबहादुर बुढाथोकीले गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । जारी लिगमा आर्मीको १२ खेलमा पाँच जित, सात बराबरीका साथ २२ अंक भएको छ । १२ खेलमा संकटाको १५ अंक छ ।

यसअघि मंगलबार नै भएको खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

एपीएफका डिफेन्डर एडमा डोम्बियाले गोलकिपर युया कुरियामा पोजिसन भन्दा बाहिर रहेको अवस्थामा क्लियर गरेको बल नियन्त्रणमा लिदै उनले सहजै गोल गरे । खेलको ४१ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए ।

पुलिसका डिफेन्डरले क्लियर गरेको बलमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले उत्कृष्ट गोल गरे । यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ ।

एपीएफले १२ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =