बेन्जेमा चम्कदा रियल म्याड्रिडको सानदार जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० पराजित गरेको हो ।

रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनियर र करिम बेन्जेमाले एक एक गोल गरे थिए । यो जितसँगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा कायम रहेको छ भने पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई उसकै मैदानमा ३-० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेआले गोल गरे । यो जितसँगै एट्लेटिको २५ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ओसासुना ३२ अंक जोडेर नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =