इंग्लिस प्रिमियर लिग

शीर्ष स्थानको सिटी टोटेनह्यामसँग स्तब्ध

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटीलाई टोटेनह्यामले ३-२ ले पराजित गरेको हो ।

सिटीको मैदानमा खेलको चौंथो मिनेटमा डेजन कुलुसेभ्सकीले गोल गर्दै टोटेनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १-१ को बराबरीमा ल्याए ।

५९औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई २-१ को अग्रता दिलाए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महरेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामलाई ३-२ को जित दिलाए ।

जितसँगै २३ खेलमा ३९ अंक जोडेको टोटेनह्याम अंक तालिकाको सातौं स्थानमा छ । सिटी भने २५ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =